काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग बनिसक्ने बताएका छन्। मंगलबार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्दै मन्त्री ज्वालाले सुरुङ माग एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण पूरा गर्न सरकार लागेको बताएका हुन्।
अनुगमनका क्रममा उनले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको बताएका छन्। देशकै सङ्घीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको मन्त्री ज्वालाको भनाइ छ । उनले नेपालमा पहिलो नमुना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।
मन्त्री ज्वालाले भने, ‘‘अब जुन नागढुङ्गा सुरुङ मार्गको मुख्य टनेल छ । त्यसको ३५ मिटर मात्रै ब्रेक थ्रो हुन बाँकी छ । अर्को जुन आपत्कालीन सुरुङ माग छ । करिब साढे चार सय जति बाँकी छ । चार महिनाभित्र मुख्य सुरुङ मार्गको ब्रेक थ्रो हुन्छ । आपत्कालीन सुरुङ मार्ग छ त्यो थोरै समयमा नै हुन्छ । अब सुरुङ माग करिब एक वर्षभित्र सरकारले यातायात सञ्चालन गर्नेगरी निर्माण सम्पन्न गर्ने गरी लागिरहेका छौँ ।,’’
मन्त्री ज्वालाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौं आवात जावातका लागि सहजता हुने बताए। उनले यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रूपमा ठुलो मद्दत पु¥याउने जानकारी दिए । नेपाल जस्तो पहाडी देशको निम्ति जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको सात अर्ब जति लगानी गरेको उनको भनाइ छ ।