काठमाडौं । नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने विषयमा युरोपेली संघ सकारात्मक देखिएको छ ।
युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी यस विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताएका हुन् ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले र निर्देशक पाओला पम्पालोनीबीच भेटवार्ता भएको थियो ।
भेटमा मन्त्री आलोले नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन अनुरोध गर । मन्त्री आलेको आग्रहको जवाफमा निर्देशक पाम्पोलोनीले कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए ।
छलफलमा दुईपक्षीय सहयोगका विभिन्न कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
नेपाल–सघ संयुक्त आयोगको तेह्रौं बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबारदेखि निर्देशक पम्पालोनीटोली काठमाडौंमा छ ।