नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवद्र्दन केन्द्रले आ.व.२०७८/७९ मा सौर्य ऊर्जामा आधारित विभिन्न सौर्य ऊर्जा प्रणलीि प्रवद्र्दनका कार्यक्रमहरु ल्याएको छ । जसअन्तर्गत कृषि सिंचाइका लागि सौर्य पम्प जडान लगायत सोहि अनुरुपका कार्यक्रमहरु प्राथमिकतामा राखिएको छ ।
यस कार्यक्रममा बिधुत वितरण लाइनको पहुँचबाट टाढा भएका इच्छुक उपभोत्ताहरुको लागि सम्बन्धित स्थानयितहले उपभोक्त्ताहरु सँगको आवश्यक समन्वयमा वैकल्पिक ऊर्जा प्रवद्र्दन केन्द्रमा आवेदन दिन सक्नेछन् ।
यस आयोजनाले नेपालभरीनै कृषि कार्य फस्टाउने र किसानहरुलाई धेरै मद्दत हुने छ । साथै यसले आउने बर्षहरुमा कृषि सामाग्री आयात घट्ने आशा गर्न सकिन्छ ।