काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्राथमिकतामा हाल १२ सय मेघावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना रहेको छ। नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बूढीगण्डकी जलविद्युत आयोजना सिघ्र कार्यान्वयनका लागि प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
उनले भने, ‘सरकारको निर्णयबमोजिम प्राधिकरणले राष्ट्रिय गौरबको १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना सीघ्र कार्यान्वयनमा लैजाने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।’
उनले प्राधिकरणले मुलुकको ऊर्जा माग धान्न विद्युत खरिद बिक्री सम्झौतामार्फत जलविद्युतमा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेको बताए। पहिलोपल्ट आधार दर तय गरी करिब १०० मेगावाटको सौर्य ऊर्जा प्रतिश्पर्धाबाट खरिद गर्न लागिएको समेत जानकारी दिए।
निर्देशक घिसिङले नेपालमा रहेको जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी विद्युत उत्पादन बढाउन ठूला आयोजनाहरुमा ठूलो लगानी गर्नु आजको आवश्यक भएको बताए ।