काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारको निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका छन्।
भरतपुर सब-स्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले विद्युत निर्यातका लागि आवश्यक पूर्वाधार निर्माण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहरेको बताएका हुन्।
उनले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रूपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत निर्यातको लागि समेत आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गरिहरेको बताए
उनले नेपालमा खपत भएर अतिरिक्त भएको विद्युत निर्यातका लागि अन्तर्देशीय प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकता दिएर काम भइरहेको बताए। उनले विद्युत विकासमा भएको सुधारसँगै आएका नयाँ चुनौतीलाई अवसरको रूपमा सरकारले ग्रहण गरिरहेको बताए।
मन्त्री बस्नेतले यो जिम्मेवारीलाई पूरा गर्ने गरी देशव्यापी रूपमा ट्रान्समिसन लाइनको विस्तार र प्रसारण तथा वितरण प्रणाली सुधार गुणात्मक बनाउनको लागि मिटर रिडिङ प्रणाली कार्यान्वयन गर्न लागेको समेत बताए।