काठमाडौं। संखुवासभामा ४० मेगावाटको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना निर्माण गरिने भएको छ। उक्त आयोजना ह्याप्पी इनर्जीले निर्माण गर्ने भएको हो।
प्रस्तावित आयोजना संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ भएर बग्ने संखुवाखोलामा निर्माण गरिने भएको छ।
बिहीबार सार्वजनिक सूचना निकालेर विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको सितलपाटी सबस्टेसनमा जोडिनेछ।
२०८५ जेठ ३० गतेदेखि व्यावसायिक उत्पादनको लक्ष्य कम्पनीले लिएको छ।