सर्लाही। सर्लाहीमा विद्युत नियमित नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ। विशेष गरी साँझको समयमा विद्युत् कटौती हुने भएकोले अझ समस्या बढेको हो।
सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो। गर्मिले छट्पटाईरहेका स्थानीयले गुनासो सुनाए। विशेष गरी साझको समयमा खाना खान लागेको समयमा कटौती हुने गरेको स्थानीयको भनाइ छ।
उक्त स्थानका उद्योग तथा कलकारखाना विद्युत् अनियमितताको चपेटामा परेका छन् । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका अनुसार पानी परेको तथा हावाहुरी चलेको समयमा विद्युत् अनियमित हुने गरेको छ।
केही दिनदेखि पानी पर्ने र हल्का हावा चल्ने भइरहँदा ठाउँ ठाउँमै रुख ढल्ने तथा हाँगा भाँचिएर तारमा पर्ने समस्या धेरै नै आइरहेको स्थानीयले बताए।