काठमाण्डौं। हेटौँडा-भरतपुर-बर्दघाटको २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दा प्रसारण लाइनको अभावको कारणले विधुत खपत हुन नसकेर खेर गईरहेको भए पनि उधोगहरुले भने मागेको जति विजुली पाउन नसकेको बताएका छन्। विधुत प्राधिकरणले किनेको बिजुली खेर गएको तर उधोगीहरुले बिजुली नपाएकोले प्रसारण लाइन चाँडै बनाई विधुतको खपत बढाउन आवश्यक रहेको छ।
२२० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएमा बुटवलसम्म ५ सय मेघावाट विधुत पठाउन सकिन्छ तर प्रसारण लाइनको अभावमा चितवनबाट पश्चिमतर्फ ९० मेघावाट विधुतमात्रै पठाउन सकिन्छ। पश्चिमको विभिन्न ठाउँबाट विधुतको माग भइरहेको भएता पनि प्रसारण लाइनको अभावमा विधुत पठाउँन समस्या भइरहेको छ। प्रसारण लाइन निर्माणमा राज्यका सबै संयन्त्रको सहयोग हुनुपर्ने भनि निर्माणको क्रममा विभिन्न अवरोध तथा वाँधा उत्पन्न हुन गई निर्माणको कार्यमा ढिलाइ भएको हो।
बुटवल, भैरहवा, नेपालगञ्जसम्म विधुत लोड बढाउनको लागि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन छिटो सम्पन्न गर्न प्राधिकरणले पहल गरीरहेको छ। माथिल्लो तामाकोसीसँगै निजि क्षेत्रका आयोजनाहरु सञ्चालनमा आएपछि दुई हजार मेगावाट जति विद्युत उत्पादन क्षमतामा वृद्धि भएको छ। प्रसाारण लाइनको अभावले उत्पादन भएको विधुत पनि पश्चिमतर्फ पठाउन सकिएको छैन्।
नवलपुर जिल्लाका दुई गाउँपालिकामा बोझा पोखरीमा सवस्टेसन निर्माणमा ढिलाइ भएको कारण अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन त्यसैले त्याँहाका स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन्। यसै अवसरमा सव स्टेन चाँडै सक्न पहल गर्ने र बजेटको अभाव हुन नदिने प्रतिवद्धता प्राधिकरणका निर्देशकले जनाएका छन्। हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाले नवलपुरमा निर्माण हुने १९३ वटा टावर मध्ये १९१ वटा निर्माण भइसकेको र २ वटा अदालतको स्टे अडरको कारण निर्माण हुन सकेको छैन। यो आयेजना नवलपुरको प्रगतिको लागि भइरहेको हो।