काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका कुलेश्वर र रत्नपार्क तथा ललितपुरका लगनखेल र पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको विद्युत् शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म बन्द हुनसक्ने प्राधिकरणले जनाएको छ।
टेकु सब स्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ।
