चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन २ वटा पुल दशैंअघि सञ्चालनमा ल्याइने भएको छ। यो सडकखण्डको लामो बालुवा र डुम्रे पुल दशैंअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो।
यस सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन्। तीमध्ये एउटा पुल यसअघि नै सञ्चालनमा आइसकेको छ।
सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहको कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो। वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको बताइएको छ।
बाँकी १२ मध्ये १० वटा पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको छ।