नुवाकोट। नुवाकोटको रानीपौवा–पिपलटार सडकखण्डको निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट (डिपीआर) गर्न सुरु गरिएको छ। पासाडल्हामु राजमार्ग अन्तर्गतको रानीपौवादेखि पीपलटारसम्मको ३४ किमि सडकका लागि डिपीआर गर्न सुरु गरिएको हो।
करिब डेढ महिनामा डिपीआरको काम सक्ने र त्यस लगत्तै रकम सुनिश्चित गरेर ठेक्का प्रक्रिया सुरु गर्ने आयोजनाले जनाएको छ।
रानीपौवा–पीपलटार भारतको दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको हो ।