गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल विचित्र गुफा पुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको छ। राङदाल चौर र विचित्र गुफा क्षेत्र जोड्ने गरि छल्दीखोला माथी झोलुङ्गे पुल निर्माण गरिएको हो ।
धुर्कोट–५ वस्तुमा रहेको विचित्र गुफा र धुर्कोट परमानन्द बहुमुखी क्याम्पसमा पुग्नेहरुका लागि यो झोलुङ्गे पुलले सहज बनाएको छ। पुल निर्माणपछि बिचित्र गुफा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक बढने अपेक्षा समेत गरिएको छ ।
त्यस्तै इस्मा गाउँपालिकाको वडानम्बर ६ बाट वस्तुमा पढ्न जाने विद्यार्थीलाई पनि सहज हुने भएको छ । वर्षातको समयमा छल्दी खोला तर्न समस्या हुने भएकाले पनि उक्त झोलुङ्गे पुल निर्माण गरिएको धुर्कोट गाउँपालिकाले जनाएको छ।