धादिङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान थालेको छ।
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने थालिएको हो।
अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइएकाले यो अभियान सुरु गरेको बताइएको छ।
अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ । पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो ।