नुवाकोट। विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ स्थित तादी खोलाको पुल निर्माण सम्पन्न भएको छ। निर्माण पुरा हुनुपर्ने भन्दा पाँच वर्ष ढिलो गरेर तादी खोलाको पुल निर्माण सम्पन्न भएको हो।
सडक डिभिजन नुवाकोटका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको वहाब नियन्त्रणमा लापरबाही भएका कारण पाँच वर्षसम्म अलपत्र भएको थियो। ११ मिटर चौडा रहेको उक्त पुलको लम्बाइ दुईसय ५४ मिटर लामो छ।
पुल निर्माणको क्रममा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा औँल्याइएको र सुरुवाती ठेक्काको समयमा गरिएको सम्झौता अनुसार १२ करोड ५९ लाख रूपैयाँ लगानीमा निमार्ण सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ।
पुल निर्माणको जिम्मा पाएको शर्मा–वाइबा जेभी कम्पनीलाई अझै दश प्रतिशत रकम भुक्तानी दिन बाँकी छ।