काठमाडौं। मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले दरौदी नदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले ९.८४ मेगावाटको दरौदी नदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो।
प्रस्तावित आयोजना गोरखाको गोरखा नगरपालिका–१२, १३ र १४, पालुङटार नगरपालिका–९ र शहिद लखन गाउँपालिका–१,२ र ३ मा निर्माण हुनेछ।
प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। कम्पनीले अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारिरहेको छ। कम्पनीले सार्वजनिक सूचना निकालेर सरोकारवाला निकायहरुलाई सात दिनभित्र लिखित रायरसुझाव पेस गर्न आग्रहसमेत गरेको छ।