काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी बारे जानकारी गराएका हुन्।
धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उनले बताए ।
कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ।