रौतहट। बौधीमाई नगरपालिकाले सिंचाइका लागि किसानलाई निशुल्क विद्युत सेवा उपलब्ध गराउने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअनुरुप कृषि मिटर खपतको महसुलमा सतप्रतिसत अनुदान दिने भएको हो ।
नगरपालिकाको कृषि सेवा शाखा प्रमुख खेमराज बस्नेतका अनुसार पालिकाभित्रका सम्पूर्ण कृषकले खेतीपातीको लागि बोर्डिङमार्फत सिँचाई गर्दै आएका छन् । कृषकलाई सिँचाईमा सहुलियत दिनका लागि नगरपालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
पालिका क्षेत्रभित्र सिँचाइका लागि नहर र कुलोको समस्या छ । सिँचाईको व्यवस्थापनको लागि अनिवार्य रुपमा बोर्डिङ गर्नुपर्ने भएकाले सिँचाइको लागि नगरपालिकाले लाल बकैया नदीबाट पानी ल्याउने तथा थप बोर्डिङ गर्ने योजना बनाएको उनले जानकारी दिए।
नगरपालिकामा सामान्यत् ५०० देखि ७०० रुपैयाँ र धान खेती गर्ने समयमा १५०० देखि २००० सम्म बील उठ्ने गदर्छ । नगरपालिकाले सो कार्यक्रमको लागि आवश्यकता अनुसार बजेट विनियोजन गरेको छ।