गुल्मी। गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे गरिएको छ। सदरमुकाम तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएको हो ।
कालोपत्रे गरिएसँगै सवारी चालकलाई आवत–जावतमा सहज भएको छ । कालोपत्रे भएकाले रेसुङ्गा पुग्ने श्रदालु तथा पर्यटकलाई सवारी साधनमा यात्रा गर्न सहज भएको होटल व्यवसायीहरूको भनाइ छ ।
सडक सहज बन्दै गएपछि रेसुंगा पुग्ने धार्मिक पर्यटकको संख्यामा पनि वृद्धि समेत भएको छ। सडक कालोपत्रेले आन्तारिक तथा वाह्रय पर्यटक रेसुङ्गा भित्र्याउन थप टेवा पुगेको स्थानीय बताउँछन्।
पर्यटकीय तथा धार्मिक हिसाबले रेसुङ्गा क्षेत्र प्रसिद्ध छ । उक्त क्षेत्रको प्रचारप्रसार गर्न रेसुङ्गा नगरपालिकाले जाउँ हिड रेसुङ्गा अभियानको समेत सञ्चालन गरेको छ । नगरपालिकाले संचालन गरेको उक्त अभियानले समेत पर्यटन प्रवर्धनमा थप टेवा पुगेको बताइन्छ।