काठमाडौं। दोलखामा निर्माण हुन लागेको ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी इनर्जी भेन्चर प्रालि र हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमीटेडबीच आयोजनाको डिजाइनको रिभ्यू, टेण्डर कागजपत्र तयारी र विस्तृत इन्जिनियरिङ डिजाइनका लागि शुक्रबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा इनर्जी भेन्चरका तर्फबाट अध्यक्ष महेश खरेल र हाइड्रो कन्सल्टको तर्फबाट कार्यान्वयन महाशाखाका विभागीय प्रमुख सरोज श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हाइड्रो कन्सल्टले आयोजनाको डिजाइनको मुल्यांकन, ठेक्का सम्झौताका लागि आवश्यक कागजात तयार गर्नेछ।
यस्तै, आयोजनाको विस्तृत डिजाइनको काम पनि हाइड्रो कन्सल्टले गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ। माथिल्लो लाप्चे नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजना हो । ९ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ । प्राइम कमर्सियल बैंकको अगुवाइमा वित्तिय व्यवस्थापनको टुंगो लागिसकेको छ ।