जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको जानकारी दिएका हुन्।
मन्त्री बस्नेतका अनुसार करिब ८५ किलोवाट क्षमताको विद्युत् उत्पादन गर्नका लागि ठेक्का खोलिएको छ। चाल्चामा सौर्य मिनिग्रेट निर्माण गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ठेक्का खोले हो। केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न नसकेको कशेमा सौर्य मिनिग्रेट निर्माण गरिने भएको हो।
जिल्लालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले तीन अर्बको ठेक्का लागेर चार ठाउँमा सबस्टेशन समेत निर्माण कार्य जारी रहेको छ ।