काठमाडौं । बझाङमा मंगलबार दिउँसो भूकम्प जाँदा आठजना घाइते भएका छन्। मष्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकामा आठजना घाइते भएको बताइएको छ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। बझाङमा केही स्थानमा घरहरू भत्किएको सूचना प्राप्त भएको उनले उल्लेख गरे । हालसम्म ९ वटा घर भत्केको जनाइएको छ।
क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ । मंगलबार बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएका थिए ।