काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० परियोजना नेपालका लागि भरपर्दो ऊर्जा र रोजगारको स्रोत हुने दाबी गरिएको छ।
बुधबार नेपालमा एमसीसी सम्झौता कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा आयोजित हर्षोल्लास समारोहमा नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले सम्बोधन गर्दै
एमसीसी नेपालका लागि भरपर्दो ऊर्जा र रोजगारको स्रोत हुने दाबी गरेका हुन्।
उनले यो परियोजना अमेरिकाको मात्र नभएर दुई देशको सम्बन्धको राम्रो कदम भएको बताए।
त्यसैगरी कार्यक्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन ब्राइटले नेपाल अमेरिका मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने यो दिनमा सहभागी हुन पाउँदाको खुसी साटिन्। कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित हुनुले यसको गरिमा थप बढाएको उनले बताइन् ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री र नेपाल सरकारको सरोकारवाला निकाय सबैले सहयोग र समर्थनको हात अघि बढाएकाले सफल कार्यान्वयन हुने विश्वास लिएको ब्राइटले स्पष्ट पारे। परियोजनामा नेपाल सरकारले गरेको लगानीको सराहना गर्दै उनले भनिन्, “यसले नेपाल र अमेरिकाको मित्रतापूर्ण सम्बन्धलाई दर्शाउँछ र हजारौँ नेपालीका लागि रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ ।”