भोजपुर। विद्युतको पहुँच नपुगेका रामप्रसाद राई गाउँपालिकाका तीन परिवारलाई सोलार सेट प्रदान गरिएको छ। गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिका–४ दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो ।
विद्युत्को सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गरेका हुन्।
सोलार सेट प्रदान गर्दै अध्यक्ष राईले पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए। उनले भने, ‘विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौ।’
विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको छ । पालिकाको सहयोगले आफूहरुलाई राहत मिलेको सोलार प्राप्त परिवारको भनाइ छ।