काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आगामी कात्तिक २४ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो।
गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६र११ के.भी. सबस्टेसन स्तरोन्नति गर्ने कार्यका लागि उक्त सब स्टेसनबाट सञ्चालित विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।
यस अवधिमा सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्र पाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोङ्गबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने भएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।