हुम्ला। सिमकोट–हिल्सा सडकलाई अस्थायी रुट परमिट प्रदान गर्न सडक अनुगमन समितिले सिफारिस गरेको छ । सिमकोटबाट हिल्साखण्डको सडकको स्थलगत अनुगमन गरेको टोलीले अस्थायी रुट परमिट प्रदान गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो ।
सडकको अवस्था हेर्दा सिमकोटबाट हिल्सासम्म अस्थायी रुट परमिट दिन उपयुक्त देखिएको निष्कर्ष अनुगमन टोलीले निकालेको र त्यसै अनुसारको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई पेश गरेको अनुगमन टोलीका संयोजक हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिरेन्द्र चन्दले जानकारी दिए।
यसअघि ट्राफिक प्रहरीले दुई पटक यातायात कार्यालय सुर्खेतलाई सो खण्डको अस्थायी रुट परमिटका लागि माग गरेको भए पनि कार्यालयले दिएको थिएन ।