म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा विद्युत पुगेको छ। उपल्लो दुखुमा विजुलीको पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो।
नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न विसं २०७४ मा काम सुरु गरेको थियो । वि.सं. २०७६ मा खम्बा गाडिएको थियो। सोही योजनाअनुसार उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा स्थानीय बताउँछन्।
दुखुका बासिन्दाले यसअघि काम चलाउनका लागि १४ दशमलव ५ किलोवाट क्षमताको दुखुखोला लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए
नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एशियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ । उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए। खम्बा गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि दुखुका बाँकी घरधुरीमा बिजुली बाल्ने योजना रहेको बताइएको छ।