काठमाडौं। पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ। गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको हो।
वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन्।
जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ। ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको गाउँपालिकाले जनाएको छ।