काठमाडौं। नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट (मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको हो।
कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग निवेदनसमेत दिइसकेको छ ।विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय तथा सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।