काठमाडौं। गएको वैशाखदेखि एक मेगावाटभन्दा बढी क्षमताका १३ वटा जलविद्युत आयोजनाले निर्माण लाइसेन्स लिएका छन्। विद्युत विकास विभागकाअनुसार २.९ मेगावाटदेखि १६६ मेगावाट क्षमतासम्मका १३ आयोजनाले लाइसेन्स लिएका हुन्।
७.२५ मेगावाटको श्यामखोला जलविद्युत आयोजना, ४.५ मेगावाटको इन्द्रावती, ४९.९५ मेगावाटको दाना खोला, २.९ मेगावाटको अपर सर्दी छन्।
त्यस्तै, दर खोला सानो ६.५ मेगावाट, २४.६ मेगावाटको बडिगड खोला, अपर मेवा खोला ३१.९२ मेगावाट, सुपर तमोर १६६ मेगावाट, अपर मैलुङ १७ मेगावाट, तल्लो खानी ६.२ मेगावाटले निर्माण लाइसेन्स लिएका हुन्।
यो अवधिमा अपर दूध खोला ३०.४ मेगावाट, सुपर घलेम्दी ९.१४ मेगावाट, तातोपानी खोला १९ मेगावाट र अपर भुरून्दी खोला ४.५ मेगावाटले निर्माण लाइसेन्स लिएका हुन्।