काठमाण्डौं। एसियाली विकास बैङकले नेपालको प्रसारण लाइन र वितरण प्रणालीलाई स्तरोन्नत गर्नको लागि अझ थप ७ अर्ब २० करोडभन्दा बढी ऋण दिने भएको छ। उक्त ऋण गत सोमबार बैङकले जारी गरेको विज्ञप्तिमा स्वीकृत भइसकेको उल्लेख गरिएको छ।
स्वीकृत भएको उक्त आधुनिकीकरण परियोजनाअन्र्तगत स्मार्ट मिटर जडान गर्ने, ३४ वटा ग्रिड सबस्टेसन निर्माण गर्ने, १४४ मिटर ट्रान्समिसन लाइनको स्तरोन्नती साथै थप ११३ मिटर लाइन निर्माण र विधुत प्रणाली नियन्त्रन केन्द्रको पनि स्थापना हुने भएको छ।
एडीबीले उपलब्ध गराउने ऋण सहायताले विधुत आपुर्तिलाई दिगो प्रभावकारी साथै भरपर्दो पनि बनाउने छ। आगामि २०२६ सम्म विधुत खपत प्रतिब्यक्ति सात सय किलोवाट पुर्याउने लक्ष्य रहेको छ। जसको लागि उक्त ऋण सहायताले सहयोग पुर्याउने छ।