काठमाडौं। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका क्षतिग्रस्त बनेका क्षेत्रमा पनि विद्युत सेवा सुचारु गरिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युतीय दुर्घटनाको जोखिम नहुने निश्चित गर्दै पालमा बसेकाहरुलाई सहज हुने गरी विद्युत सेवा सुरु गरेको जनाएको हो।
उद्धार कार्य अवधिभर बन्द गरिएको विद्युत अहिले राष्ट्रिय प्रसारणलाइनबाट बिजुली पुगेका आधिकांश प्रभावित क्षेत्रमा जडान गरिएको छ।
घर भत्किएपछि त्रिपाल र खुला आकाशमुनि बसिरहेका भूकम्प प्रभावितलाई मोबाइल चार्ज गर्न समेत समस्या भएको गुनासो आएपछि प्राधिकरणले जोखिम नहुने गरी अधिकांश प्रभावित क्षेत्रमा विद्युत सेवा फेरि सुरु गरेको प्राधिकरणले जनाएको छ।
भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी शनिबार विहान १० बजेपछि धेरै क्षेत्रमा विद्युत् सेवा सुरु गरेको थियो ।