कटारी। उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ का एक सय घरधुरीमा झिलिमिली बत्ती बलेको छ। नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट घरमा बिजुली जडान भएको हो।
सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले उक्त बत्ति बाल्न व्यवस्था मिलाएको हो । समूहले तार र मिटरबक्स जडान गरिदिएको हो। गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको स्थानीयवासीले बताए।
गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटरबक्स खरिद गरी सहयोग गरेको बताइएको छ ।
समूहका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले ८ लाख रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ। गाउँमा सबै उपभाक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ।