म्याग्दी। म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ। नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तरगत जिल्लाका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् विस्तार गर्न लागिएको हो ।
यो योजनामार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा पुग्ने भएको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार गर्न ठेक्का सम्झौता भई काम सुरु भएको बताएको छ । ‘पोल गाड्न, तार तान्न र ढुवानीका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको प्राविधिक टोलीले फिल्ड भेरिफिकेसन गर्न स्थलगत अध्ययन गरिरहेको छ।
चार सय सात दशमलव छ किलोमिटर मुख्य र एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न लागिएको बताइएको छ।