काठमाडौं। पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले–रानीपौवा सडकको टेण्डर केही दिनमा खुल्ने भएको छ । कुल लागत १ अर्ब ३३ करोड हुने अनुमान गरिएको सडकको टेण्डर केही दिनमा खुल्ने भएको हो।
गत आइतबार अर्थमन्त्री डा.प्रकाशरशण महतले १ अर्ब ३३ करोड २ सय ६८ रूपैयाँ स्रोत सुनिश्चत भएको उल्लेख गरी उक्त योजना कार्यान्वयका लागि निर्णय गरेका छन्।
आन्तरिक स्रोतबाटै सडक निर्माण गर्नका लागि स्रोत सुनिश्चत भएको हो। आन्तरिक स्रोतबाट पहिलो चरणमा तिनपिप्ले रानीपौवाको सडक मात्र विस्तार भएर पिच हुने बताइएको छ। रानीपौवादेखि पिपलटार सडकको निर्माणका लागि भारतको एक्जिम बैंकको ऋणमा अर्को ठेक्का लाग्ने तयारी छ।
सडक निर्माणका लागि बहुबर्षिय ठेक्का यसअघि नै स्वीकृत भएको थियो । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले–रानिपौवा सडकको बहुबर्षिय ठेक्का लागि स्वीकृत दिएका थिए । अब तिहार बिदा लगत्तै उक्त सडकका लागि ठेक्का लाग्ने बताइएको छ ।
विगतमा अर्कै सडक आयोजनाबाट निर्माण गर्न खोजिएको यो सडकखण्ड यस पटक भने सरकारको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का लगाउने छ ।