तनहुँ। तनहुँ जलविद्युत् आयोजनाका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको हो।
सबस्टेशनसम्म विद्युत् लैजानका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजनाले जनाएको छ। विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो ।
तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको बताइएको छ।