रुकुम। नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ। भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो।
भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा ११५ ठाउँमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमले जनाएको छ
आवश्यकतानुसार थप ठाउँमा पनि बत्ती जडान हुने बताइएको छ। आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ।