भोजपुर। जिल्लाको हतुवागढी गाउँपालिकाको फलाटे र लालटे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी हतुवागढी गाउँपालिका–१ को २ गाउँमा विद्युत पहुँच पुर्याएको हो।
फलाटे र लालटे क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ। विद्युतीकरण विस्तारपछि गाउँका १ सय घरधुरीमा विद्युत सेवा पुगेको छ । अहिले ३५ घरधुरीमा विद्युत् मिटरसमेत जडान भइसकेको बताइएको छ।
विद्युत पहुँच पुगेपछि गाउँको जनजीवन सहज भएको स्थानीयले बताए।
भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले विद्युत् सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ।
गाउँमा विद्युतीकरण भएपछि बाँकी रहेका अन्य घरमा पनि विद्युत् मिटर उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।