तनहुँ। तनहुँ जलविद्युत् आयोजनाका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३।११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको हो।
सबस्टेशनसम्म विद्युत् लैजानका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजनाले जनाएको छ। विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो ।
तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको बताइएको छ।