काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास करबाट प्रतिलिटर ५ रुपैयाँ १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनामा लगानीका लागि छुट्याउने भएको छ । पेट्रोल तथा डिजल मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिइँदै आएकोमा त्यसमध्येबाट ५ रुपैयाँ बूढीगण्डकी आयोजना निर्माणमा लगानी गरिने भएको हो।
बिहीबार बसेको मन्त्री परिषद बैडकले फेरि पेट्रोलियम करको प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई छुट्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बूढीगण्डकी स्वदेशी लगानीमा नै निर्माण गर्ने प्रक्रिया अघि बढिसकेकाले लगानीका लागि करबापतको रकम छुट्याउने निर्णय भएको हो ।