काठमाण्डौं। विश्वमा ऊर्जाको महत्वपुर्ण वैकल्पिक स्रोतको रुपमा हाइड्रोजन स्थापित भइसकेकोले नेपालमा पनि हाइड्रोजनको ब्यवसायिक उत्पादनको वातावरण निर्माण गर्नको लागि सरोकारवालाहरुले सरकारसमक्ष माग गरेका हुन्। नेपालमा हाइड्रोजन उत्पादनको बढी संभावना भएको कारण यसको खपतको लागि योजना निर्माण कार्यमा ढिला गर्न नहुने कुरा काठमाण्डौं विश्वविधालयले जनाएको छ।
हाइड्रोजन क्षेत्रमा निजि क्षेत्रको लगानीलाई पनि ल्याउन सकिन्छ। नेपालमा हरित हाइड्रोजन उत्पादन हुन सक्ने भएको कारणले वैकल्पिक ऊर्जाको मान्यता दिएर बजेट विनियोजन पनि गर्न उचित हुन्छ। नेपाल आयल निगमको सहयोगमा केयुले हाइड्रोजन उत्पादन तथा बजारको सम्भाब्यताको नीतिगत र कानुनि ब्यवस्था आदि विषयमा हाइड्रो ल्याब निर्माण गरी अध्ययन अध्यापन पनि गराउदै आइरहेको छ। खनिज इन्धन ब्यवसायलाई प्रतिस्थापन गरी हाइड्रोजन उत्पादनलाई वातावरणमैत्री बनाउनको लागि पर्याप्त धयान दिनुपर्ने कुरालाई नेपाल आयल निगमले औल्याएको छ।