काठमाडौं। ताप्लेजुङ जिल्लाको फक्तात्तलुङ गाउँपालिकामा अवस्थित ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत् आयोजनामा डिजाइन परिवर्तन हुने भएको छ। सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले अघि बढाएको आयोजनाको डिजाइन परिवर्तन गर्न लागिएको हो ।
आयोजनाको स्वीकृत वतावारण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएको भन्दा फरक संरचना निर्माण गर्नुपर्ने भएकोले डिजाइन पविर्तन गर्न लागिएको कम्पनीले जनाएको छ ।
प्रस्तावित आयोजना रन अफ रिभर प्रकारको आयोजना हो। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट २०७७ फागुन १९ गते नै स्वीकृत भइसकेको थियो । स्वीकृति वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएको भन्दा विभिन्न अव्यहरू जस्तै, हेडकवक्स, अडिट ६ वटा, पहुँचमार्ग, शिविर क्षेत्र, मक विर्सजन क्षेत्र, उत्खनन क्षेत्र, पेनस्टक फ्याब्रिकेशन भण्डारण क्षेत्र र क्षेत्रफलमा फरक भएकोले पूरक वातावरण प्रभाव मूल्याङकन तयार गरिएको कम्पनीले जनाएको छ । प्रस्तावित आयोजना कन्चनजङगा संरक्षण क्षेत्रभित्र पर्दछ ।
आयोजनाको डिजाइन परिवर्तन भएकोले कम्पनीले पुरक वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन तयार गर्ने क्रममा सर्वसाधारण, व्यक्ति वा संस्थाको राय सुझाव आवश्यक भएमा मन्त्रालयले सूचना प्रकाशित गरेको ७ दिन भित्र आफ्नो रायसुझाव पेश गर्न आग्रह पनि गरेको छ ।