काठमाडौं। जाजरकोट भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए। उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएको समेत बताए।