जाजरकोट। नलगाड जलविद्युत आयोजना निर्माण प्रक्रियामा जाने तयारी सुरु गरेको छ। आयोजनाले दुई महिनाभित्र निर्माण प्रक्रियामा जाने तयारी सुरु गरेको हो।
ताक्सुगाड जलविद्युत आयोजना ७.१ मेगावाटको सबै प्रक्रिया पूरा गरेर निर्माणका लागि बोलपत्रको काममा जुटेको आयोजनाले जनाएको छ। आयोजना निर्माणस्थलमा रहेको घरजग्गाको मुआब्जा दिनका लागि बिहीबार सूचना प्रकाशित गरी छुटेका भए जानकारी गराउन अनुरोध गरिएको छ ।
१५ दिनभित्र छुटेका जग्गाको नाम टिपाउनका लागि आयोजनाले अनुरोध गरिएको छ। नलगाड नगरपालिका–१० मा विद्युत उत्पादनगृह निर्माणदेखि नहर निर्माण हुनेछ । आयोजनाका लागि आवश्यक पर्ने ७३ जना स्थानीयबासीको जग्गा अधिग्रहण गर्न प्रक्रियागत काम सुरु भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आयोजनालाई आवश्यक पर्ने घरजग्गा अधिग्रहण गर्न पहिलो चरणमा ७३ जना सर्वसाधारणको नामावली प्रकाशित गरिएको छ ।
एक अर्ब ४५ करोड रुपैयाँमा आयोजनाको लागत रहेको बताइएको छ। यो
नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत भएसँगै आयोजना निर्माणका लागि बाटो खुलेको छ । कात्तिक १५ गते ईआईए स्वीकृत भइसकेको थियो ।