काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बिहीबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ। एलपी ग्यासको मूल्य यथावत राखेको छ।
इन्डियन आयल कर्पोरेशनबाट ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ। साविकको खुद्रा मूल्यमा पेट्रोलमा २ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घटाइएको हो।
समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटरर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ र तेस्रोमा १७० रुपैयाँ प्रतिलिटर कायम हुनेछ।
यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १५७ रुपैयाँ ५० पैसा, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम भएको छ।