डडेलधुरा। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला जोड्ने भातकाडा–बडाल–रेल सडक निर्माणको काम तीव्र पार्न निर्देशन दिइएको छ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सडक निर्माणसँग सम्बन्धित कार्यालय प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिलाई सडक निर्माण तीव्र पार्न निर्देशन दिएका हुन्।
निर्देशन दिँदै उनले भने, “ट्र्याक खोलिएको सडक मर्मत तथा कालोपत्रे हुन सकेन भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ, निर्माण काम तीव्र पार्नु प¥यो ।”
आर्थिक वर्ष २०७८र७९ मा भातकाडा बजारदेखि चार किलोमिटर सडक कालोपत्रेका लागि करिब नौ करोड रकम बराबरको ठेक्का सम्झौता भइसकेको छ । हालसम्म पनि सडक कालोपत्रेका लागि कटिङ समेत हुन सकेको छैन । स्थानीयवासीले बारम्बार गुनासो गर्ने गरेको यस सडकखण्डको काम तीव्र पार्न मन्त्री देउवाले सडक डिभिजन कार्यालय डोटीलाई निर्देशन दिएका हुन् । उनले दैनिक प्रगति विवरण पठाउन प्रहरीलाई समेत ताकिता गरेका छन्।