धादिङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पुष्पलाल लोक मार्गको धादिङ–खण्डको काम पुन सुरु भएको छ। नुवाकोटको भर्याङभुरुङ्ग र धादिङको नेत्रावती गाउँपालिकास्थित कटुञ्जे खण्डमा पर्ने मध्य पहाडी लोक मार्गमा रोकिएको निर्माणको काम थालिएको हो ।
आगामी चैत्र महिनासम्म १२ किलोमिटर क्षेत्रमा स्तरोन्नतिसहित कालोपत्रे सम्पन्न गर्ने गरी काम सुरु गरिएको छ।
अहिले सडक कालोपत्रेका लागि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने सम्पूर्ण खोल्साहरुमा कजवे र सडक छेउमा नाला निर्माणको कामा सम्पन्न गरी कालोपत्रेका लागि सडक सम्याउने काम भइरहेको छ ।
मध्य पहाडका स्थानीयको सुविधाका लागि भन्दै सरकारले वर्षौं अघि निर्माण सुरु गरेको सो सडकको काम विचमा पटक पटक रोकिएको थियो ।