तनहुँ। तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण गर्न थालिएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदी माथि ‘आर्क डिजाइन’को पुल निर्माण गर्न सुरु गरिएको हो ।
अनप जेडआइसि जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको छ। ३१५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो । उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको छ।
हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ। पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको छ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।