काठमाडौं। ग्यार्को फ्लाइओभर (अण्डरपास) निर्माणमा हाल दैनिक १२ घण्टा काम भइरहेको छ। आगामी फागुन मसान्तसम्ममा मात्र समयसीमा रहेको फ्लाइओभरको काम द्रुत गतिमा भइरहेको हो।
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएपछि केही महिना अघिदेखि फ्लाइओभरको काम रोकिएको थियो। प्राविधिक टोलि ले नयाँ–डिजाइन गरेपछि फ्लाइओभरको काम धमाधम भइरहेको छ ।
हालसम्म फ्लाइओभरमा दुवै साइडमा १३र१३ वटा गरी २६ वटा पाइल राख्ने काम सकिसकेको छ । कोटेश्वरतर्फको पाइलक्याप ढलानको काम समेत सम्पन्न भएको छ। अहिले सातदोबाटो क्षेत्रमा पाइलक्याप ढलान गर्ने गरी काम भइरहेको छ।
चक्रपथअन्तर्गत पर्ने कोटेश्वर–कलङ्कीको जाम कम गर्न फ्लाइओभरको निर्माण कार्य थालिएको हो।
१७ करोड ६८ लाख लागतमा निर्माण सम्पन्न गर्नेगरी एमरएस आशिष्–समानान्तर जेभीले ठेक्का पाएको छ । काम सुरु भएको दुई वर्षमा निर्माण सक्ने गरी निर्माण भइरहेको छ । ४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बिचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ । निर्माणको जिम्मा पाएको आशिष् समानान्तर रेलिगर जेभीले फ्लाइओभरको काम फागुनमै सक्नेगरी काम भएको जनाएको छ ।