काठमाडौं। हिम कन्सल्ट प्रा.लि ले ४.२९२ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ। प्रा.लि ले निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको हो।
कम्पनीले निर्माणाधीन रेले खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न आवश्यक लाइन निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको हो।
कम्पनीका अनुसार म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा निर्माणाधीन रेले खोला जलविद्युत् आयोजनाको स्वीच्यार्डदेखि सोही गाउँपालिका–३ रहेको नेपाल विद्युत् प्राधिकरणको दाना सबस्टेसन सम्मका लागि प्रसारण लाइन निर्माण गर्न विभागमा आवेदन दिएको छ। विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाइने कम्पनीको भनाइ छ।