अछाम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अछाम जिल्लाको विकासलाई प्राथमिकतामा राखिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भट्टले अछाम जिल्लाको विकासमा सरकार प्रतिबद्ध भएको बताएका हुन्।
उनले अछामका अधुरा विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए ।
यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन समेत दिएका छन् ।
।
‘क्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशन’ भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको छ।